षडयन्त्रका साथ कांग्रसले सरकारलाई समर्थन गरेको भए त्यो सफल हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्रका साथ कांग्रसले सरकारलाई समर्थन गरेको भए सफल नहुने स्पष्ट पार्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलका क्रममा ओलीले कांग्रेसले सरकारलाई समर्थन गर्नुमा सदाशयता बाहेक कुनै कुरा नभए स्वागतयोग्य भएपनि कुनै जाल गरेर समर्थन गरेको भए सफल नहुने स्पष्ट पार्नुभएको हो । सरकारलाई कांग्रेसले गरेको समर्थन ढोक्सा हो भने ढोक्सा रित्तै हुने उहाँले बताउनुभयो ।

त्यस्तै अध्यक्ष ओलीले संसद बिघटनका बिषयमा आफु अनुकुल व्याख्या नगर्न पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिनुभयो । उहाले कांग्रेसले २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको स्मरण गर्न पनि सुझाव दिनुभयो ।

अध्यक्ष ओलीले सरकारले अघि सारेका कार्यक्रम र प्रतिवद्धता पुरा गर्न कठिन रहेको भन्दै चूनौतिका साथ पुरा गर्ने दावी गर्नुभयो । हिजोका कमीकमजोरीहरुलाई हटाएर अगाडी बढ्नका लागि वर्तमान सरकारलाई सफलताका साथ अघि बढाउनुपर्ने उहाले बताउनुभयो ।