अनेरास्ववियुको ‘यु’ लाई दीर्घ (यू) बनाउने सहमति
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनको नाम अनेरास्ववियुको ‘यु’ लाई दीर्घ (यू) बनाउने भएको छ ।
पूर्वएमालेको अनेरास्ववियु र पूर्वमाओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताको करिब टुंगो लागेको हो ।
एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम र केन्द्रीय समितिको टुंगो लगाएको हो ।
शुक्रबार बसेको कार्यदलको बैठकले संगठनको नाम अनेरास्ववियुको ‘यु’ लाई दीर्घ ९यू० लेख्ने सहमति गरेको छ ।
यो सहमतिसँगै अब नेकपाको विद्यार्थी संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ‘अनेरास्ववियू० हुने भएको छ ।
एकीकृत संगठनको केन्द्रीय समिति ४९९ सदस्यीय हुने भएको छ ।
जसमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने छन् ।
संगठनको नेतृत्वको बारेमा भने छलफल भइरहेको छ ।
अर्को बैठकमा नेतृत्वको समेत टुंगो लगाइने छ । विद्यार्थी संगठन एकताका लागि गठित कार्यदलमा रविन्द्र अधिकारी, रमेश मल्ल, नविना लामा र रंजित तामाङ सदस्य रहेका छन् ।