आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन
चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिनु भएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी गराउनु भएको छ ।
जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको गृहमन्त्री लामिछानेले बताउनु भएको छ ।
कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्न निर्देशन दिएको स्पष्ट पार्दै गृहमन्त्री लामिछानेले भन्नु भएको छ ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पु¥याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु ।’
नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी सङ्ठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त आफूले योजना बनाइरहेको गृहमन्त्रीले बताउनु भएको छ ।
देशभर बन्द भएका अवैध क्रसर उद्योग सञ्चालनका विषयमा सचिवस्तरीय छलफल भइरहेको भन्दै उहाँले कानुनको पालना गर्ने विषयमा आफू कटिबद्ध रहेको स्पष्ट पार्नु भएको छ ।