गुल्मीको धुर्कोट गाउँपालिकामा सुन्तलाको उत्पादन बढदो रुपमा
गुल्मीको धुर्कोट गाउँपालिका–नयाँगाउँमा सुन्तलाको उत्पादकत्व निर्धारण तथा नर्सरी स्रोत केन्द्रहरुको अनुगमन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यान्वयन, एकाई गुल्मीको आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत संयुक्त अनुगमन तथा सुन्तलाको उत्पादकत्व निर्धारण तथा नर्सरी स्रोत केन्द्रहरुको अनुगमन गरिएको हो ।
अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री, उपप्रमुख तेजेन्द्र सलामी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, निमित्त जिल्ला समन्वय अधिकारी सिर्जना मिश्र, प्रहरी नाउब उपरीक्षक माधवराज खरेल, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यान्वयन एकाई गुल्मीकी कार्यालय प्रमुख गंगा कुमारी पोखरेल, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालय लगायतको टोलीले अनुगमन गरेको हो ।