लुम्बिनीमा मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिए शपथ
रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ खुवाउनु भएको हो । गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
मुख्यमन्त्रीसँगै आजै नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र एमालेको तर्फबाट अर्घाखाँचीका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले शपथ लिनु भएको छ ।
उहाँहरुले विना विभागीय मन्त्रीको रुपमा शपथ लिनु भएको हो । यसअघि माओवादीबाट संसदीय दलको नेता जोखबहादुर महराले मन्त्रीको शपथ लिने भनिएपनि मन्त्रालयको भागवण्डा नमिलेपछि उहाँले शपथ नलिएको बताइएको छ ।