प्रचण्ड नेतृत्वको सरकारमा कोको भए मन्त्री ? (सूचीसहित)
काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि दाहाल नेतृत्वको सरकारले पूर्णता पाएको हो । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले माघ ३ गते मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
पुस ११ गते प्रधानमन्त्री दाहालसँगै सात जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए भने आज (मंगलबार) १४ मन्त्रीले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन ।
यस्तो छ दाहाल नेतृत्वको सरकार
प्रधानमन्त्रीः
– पुष्पकमल दाहाल प्रचण्ड – वन तथा वातावरण, युवा तथा खेलकुद
उपप्रधानमन्त्रीहरूः
– विष्णु पौडेल, अर्थमन्त्री
– नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री
– रवि लामिछाने, गृहमन्त्री
– राजेन्द्र लिङ्देन, ऊर्जामन्त्री
मन्त्रीहरूः
– ज्वालाकुमारी साह, कृषिमन्त्री
– दामोदर भण्डारी, उद्योगमन्त्री
– राजेन्द्रकुमार राई, भूमि, व्यवस्था तथा सहकारी मन्त्री
– अब्दुुल खान, खानेपानीमन्त्री
– विमला राई पौडेल, परराष्ट्रमन्त्री
– पदम गिरी, स्वास्थ्यमन्त्री
– भगवती चौधरी, महिला बालबालिका मन्त्री
– हरि उप्रेती, रक्षा मन्त्री
– रेखा शर्मा, सञ्चारमन्त्री
– सुदन किराती, संस्कृतिमन्त्री
– अमनलाल मोदी, सामान्य प्रशासनमन्त्री
– डोलप्रसाद अर्याल, श्रममन्त्री
– शिशिर खनाल, शिक्षामन्त्री
– ध्रुवबहादुर प्रधान, कानुनमन्त्री
– विक्रम पाण्डे, सहरी विकासमन्त्री
राज्यमन्त्री
– दीपक सिंह, ऊर्जा राज्यमन्त्री
– सुशिला श्रीपाली, पर्यटन राज्यमन्त्री
– तोसिमा कार्की, स्वास्थ्यमन्त्री