मधेश प्रदेशसभाका २ स्वतन्त्र सांसद जसपा प्रवेश

जनकपुरधाम । मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।
अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई आज पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराएका हुन् ।
मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना भएका छन् ।