राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने, एमाले र माओवादीसँग पनि सहयोग माग्ने

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा आज भएको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसहितको छलफल राष्ट्रपतिमा उम्मेदवारी दिने र माओवादी र एमालेसँग पनि सहयोग माग्ने निर्णय गरेको बताइएको छ ।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरणम महतले भनेका छन् ‘पहिले त हामी चुनावमा लड्छौँ । अन्य दलहरुसँग पनि परामर्श गरेर अघि बढ्छौँ, उम्मेदवारबारे अहिले छलफल भइसकेको छैन ।’
महतले राष्ट्रपतिका लागि संसदमा भएका सबै दलहरुको समर्थन र सहयोग लिन प्रयास भइरहेको पनि बताएका छन् ।

डा. महतले माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताएका छन् । उनले भनेका छन् , ‘माघ २९ गतेभन्दा पनि उता लान खोजेको चर्चा सुनेका छौं । त्यसलाई हामी कुनै हालमा पनि स्वीकार्दैनौं ।’