राष्ट्रिय सहमति कायम गरेर राष्ट्र निर्माणमा जुट्नु पर्छ : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति कायम गरि राष्ट्र निर्माणमा जुट्न आह्वान गर्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेता पौडेलले देशलाई एकताबद्ध बनाउन सबै एक ठाउँमा आउनुपर्ने र राष्ट्र निर्माण गर्ने बताउनुभएको हो । उहाँले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्नुभयो । देशमा सुशासनको आवश्यकता रहेको र दलको आड लागेर भ्रष्टाचारी जोगिने अवस्थालाई अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ ।
पौडेलले कांग्रेस र कम्युनिष्ट मिलेर नेपालमा प्रजातन्त्र र लोकतन्त्र आएको भन्दै अव त्यसलाई रक्षा गर्न पनि कांग्रेस र कम्युनिष्ट एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।
सत्ताको राजनीतिको दबदबा, निष्ठाको राजनीतिक किनारा लाग्दै गएको अहिलको अवस्थामा निष्ठाको राजनीतिलाई जोगाउनका लागि पनि एकताको खोजी गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले सभामुखले निष्पक्षरुपमा काम गर्दा संसदमा आरोपप्रत्यारोप हुनसक्ने भएकाले त्यसतर्फ सचेत रहन सुझाव दिनुभयो ।