अटो व्यवसायीले घेरे महानगर

काठमाडौं । अटो व्यवसायीहरुले ट्राफिक प्रहरीका कारण आफ्नो व्यवसायी धरासयी भएको भन्दै काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
कुलेश्वर क्षेत्रमा आफ्नो पसल अगाडी सवारी साधन रोक्न नदिएको र जसका कारण आफ्नो व्यवसाय नै धरासयी भएको भन्दै कुलेश्वर अटो व्यवसाय संघले विरोध प्रदर्शन सहित महानगरको ध्यानाकर्षण गराएको हो । प्रदर्शनमा सहभागीहरुले ट्राफिक आतंक बन्द गर, काठमाडौं महानगरपालिका गरि खाना देउ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
संघका अध्यक्ष जिवराज भट्टराईले केहि दिन देखि आफ्नो व्यवसाय अगाडीको क्षेत्रमा ट्राफिक प्रहरीले हस्तक्षेप गरेको कारण बाध्य भएर प्रदर्शन गर्नुपरेको बताएका छन् । उनले महानगरले गर्नुपर्ने काम ट्राफिक प्रहरीले गरेको र ट्राफिक प्रहरीले गर्नुपर्ने काम महानगरले गरेकाले ध्यानाकर्षण गराइएको बताएका छन् ।
महानगरले केहिदिन भित्र यस बिषयमा सुनुवाई गर्ने आश्वास दिएको उनले जानकारी दिएका छन् ।