काठमाडौं महानगरको डोजर आंतकविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्व जानकारी र अस्वभाविक रुपमा डोजर चलाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघरमा काठमाडौंका विभिन्न ठाउँका वासिन्दा भेला भई महानगरपालिकाको कदम विरुद्ध प्रदर्शन गरेका हुन् ।

व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन् ।