नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीले सञ्चालन
गरेको शिविरबाट १२ हजार लाभान्वित
नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १२ हजार बढी लाभान्वित भएका छन् । जिल्लामा यस संस्था स्थापना भएपछि हालसम्म जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १२ हजार बढी जिल्लावासीहरुलाई सेवा पु¥याएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीका निवर्तमान अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला शाखाको रुपमा २०६६ माघ १७ गते स्थापना भएको यस प्रतिष्ठानले शनिबार १० औं जिल्ला सभा समेत सदरमुकाम तम्घासमा सम्पन्न गरेको छ । मुनाफा रहित यस प्रतिष्ठानले जिल्लामा मुटुरोग नियन्त्रण सम्बन्धी उपचारात्मकर प्रतिकारात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ । “मुटुरोग विशेष गरी जीवन शैलीसँग जोडिएको छ । आधुनिक प्रविधि र भौतिक विकाससँगै मानवीय जीवनशैली पनि अप्राकृतिक र अव्यवस्थित हुन पुगेका छन् ।” पाण्डेले भन्नुभयो,–“आधुनिक सभ्यता, व्यस्त जीवन, उच्च महत्वकांक्ष, असन्तुलित भोजन, मानसिक तनाव जस्ता कारणले मुटुरोगी बढ्दै गएका छन् ।”
पाण्डेले मुटुरोगको न्यूनिकरण गरि रोगबाट सुरक्षित गराई मुटुरोग रहित जीवनयापन गराउनु प्रतिष्ठानको दुरदृष्टि रहेको पाण्डेले उल्लेख गर्नुभयो । मुटुरोगबाट बचाउन विद्यालयमा पत्रु खाजा नियन्त्रण गर्न स्थानीय पालिकालाई विभिन्न समयमा पत्राचार तथा अनुरोग गर्ने लगायका कार्यहरु समेत गरेको संस्थाका सचिव विनोद पाण्डेले जानकारी दिनुभयो । प्रतिष्ठानले नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रबाट गुल्मी शाखा स्थापना भएपश्चात जिल्लाका वाथरोगीहरुलाई नियमित रुपमा लगाउनु पर्ने वेन्जाथिन पेन्सीलीन गुल्मी अस्पताललाई उपलब्ध गराउँदै आएको छ ।
यस शाखाले जिल्लामा मुटु रोगको निवारण तथा न्यूनिकरणका लागि खेलेको भूमिकाप्रति प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले प्रशंसा समेत गर्नुभयो । नेपाल हृदय रोग निवारण प्रतिष्ठान लुम्बिनी प्रदेशका संयोजक समेत रहुनभएका निवर्तमान अध्यक्ष पाण्डेले यस प्रतिष्ठानले केन्द्रीय सभाबाट विगत तीन वषमा यस शाखाबाट भएका कार्यसम्पदानको मूल्याङ्कन गरी उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको जानकारी गरानुभएको थियो ।
साधारण सभामा सभासदहरूको तर्फबाट अन्जु पन्थी, विभिन्न संघसंस्थाहरूको तर्फबाट नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीका कोषाध्यक्ष पदमप्रसाद पाण्डेले शुभकामना मन्तव्य राख्नुभएको थियो । साथै गुल्मी अस्पतालमा कार्यरत डा.विपिन खनालले मुटु रोगका विषयमा सहभागीहरुदाई जानकारी गराउनुभएको थियो । सोही अवसरमा गौतमवुद्व सामुदायिक मुटु अस्पताल बुटवललाई यस शाखाले सञ्चालन गरेका विभिन्न गतिविधिमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको छ । मुटु रोग सम्बन्धि ११ थान पुस्तकहरू किरण पुस्तकालयका अध्यक्ष शशी पन्थीलाई हस्तान्तरण समेत गरिएको थियोे ।
यस्तै कोषाध्यक्ष शारदा पाण्डेयले आर्थिक वर्ष २०७८÷०७९ को लेखापरीक्षकबाट परीक्षण भएको ६ लाख तीन हजार पाँच सय २९ रुपियाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु ७ लाख २८ हजार ८ सय १३ रुपियाँ बराबरको आय–व्यय विवरण समेत प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठान गुल्मी शाखाका सभापति शेरबहादुर थापाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन गर्दै सचिव विनोद पाण्डेले यस संस्थाबाट हालसम्म सञ्चालन गरेका गतिविधिहरु समावेश भएको सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानको केन्द्रीय सभाबाट गुल्मी शाखा उत्कृष्ट शाखाको रुपमा पुरस्कृत समेत भइसकेको छ । गत पौषमा काभ्रे जिल्लाको बनेपा नगरपालिकामा सञ्चालन भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३१ औं केन्द्रीय सभामा उत्कृष्ट शाखाको रुपमा गुल्मी शाखा पुरस्कृत भएको थियो । काठमाडौं उपत्यका बाहिरका शाखाहरु मध्ये विगतका वर्षहरुमा गरेका प्रशंसनीय कार्यहरुको प्रगतिका आधारमा २०६६ सालमा स्थापित गुल्मी जिल्ला शाखालाई उत्कृष्ट शाखा घोषणा गर्दै यस जिल्लाको अक्षयकोषमा सहयोग प्रदान गर्ने गरी रु.५० हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतिष्ठानले जिल्लामा मुटु रोग निवारण र न्यूनिकरणका लागि विगत लामो समय देखि विभिन्न उपचारत्मक र प्रतिकरात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।