नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाको सभापतिमा राजेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित
गुल्मी माघ २२ – नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाको सभापतिमा राजेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम तम्घासमा भएको गुल्मी यस जिल्ला शाखाको २३ औं अधिवेशनबाट सभापतिमा पुनःदोश्रो कार्यकालका लागि श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
उपसभापतिमा राधापन्थी, कृष्ण प्रसाद भण्डारी, मन्त्री लालबहादुर कुँवर, उपमन्त्रीमा महेन्द्र प्रसाद भण्डारी, कोषाध्यक्षमा ज्ञानहरी सापकोटा, उपकोषाध्यक्षमा विष्णुप्रसाद भण्डारी निर्वाचित हुनुभएको निर्वाचन संयोजक एवम् नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सदस्य कैलाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै सदस्यहरुमा शिला श्रेष्ठ, सरस्वति भण्डारी, सावित्रा श्रेष्ठ, टंक प्रसाद पन्थ, अनुपकुमार श्रेष्ठ, अनन्तराम पौडेल, पिताम्बर अर्याल, ढाल बहादुर राउत, प्रेमनारायण पराजुली, भानुभतm सुवेदी निर्वाचित हुनुभएको श्रेष्ठले जानकारी दिनुभयो । भने गुप्तबहादुर कार्कीलाई सदस्यमा मनोनित गरिएको छ । अधिवेशनको लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले उद्घाटन गर्नुभएको थियो ।