गुल्मी क्षेत्र नं.१ बाट निर्वाचित सांसद डा.चन्द्र भण्डारी आमा हरिकलाको निधन

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद डा.चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारको क्रममा निधन भएको छ । ग्यास लिलिण्डर बिस्फोटबाट गम्भीर घाइते हुनुभएकी सांसद भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको हो ।

बुधवार राति काठमाडौंको बुद्धनगर स्थित निवासमा ग्यास बिस्फोट हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला गम्भीर घाईते हुनुभएको सांसद भण्डारीका स्वकीय सचिव भुवन भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार दुबै जनालाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा ८६ वर्षीया हरिकला भण्डारीको आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको छ ।
सांसद भण्डारीको भने उपचार जारी छ । उहाँलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । ग्यास बिस्फोटका कारण सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उहाँकी आमा हरिकलाको ७० प्रतिशत शरीरको भाग जलेको अस्पतालले जनाएको छ । भण्डारी परिवार खाना खाएर सुतिसकेको अवस्थामा विस्फोट भएको बताइएको छ ।