चिकित्सा क्याम्पसमा पहिलो पटक महिलाको उम्मेदवारी
काठमाडौं । आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निवार्चन हुन गईरहेको छ । यसै मेसोमा महाराजगञ्ज चिकित्सा क्याम्पसमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा छात्राको उम्मेदवारी परेको छ । नेविसंघको तर्फबाट अविशिखा न्यौपानेले गत शनिवार स्ववियु सभापतिमा उममेदवारी गरेकी छन् ।
ईतिहासमै पहिलो पटक महाराजगन्ज चिकित्सा क्याम्पसको सभापतिमा नेविसंघबाट अबिशिखा न्यौपाने दर्ता गरेकी हुन । सचिवमा पारस खडका र कोषाध्यक्षमा सुमन वलीले उम्मेदवारी दिएका छन् । महाराजगञ्ज क्याम्पसमा नेविसंघ र माओवादीको अखिल क्र्रान्तिकारी विच तालमेल भएको छ ।