प्रदेश २ को संसदमा प्रम ओलीको सम्बोधन, राजपाका सांसदद्वारा बहिस्कार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ का संसदमा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्रीले सम्बोधन गरेपनि राजपा नेपालका सांसदहरुले भने विरोध गरेका छन् । सांसद रेशम चौधरीलाई थुनामा राखेको, संविधान संशोधन नगरेको, ओली मधेस मैत्री नभएको लगायत आरोप लगाउँदै राजपाका सांसदहरुले विरोध गरेका हुन् ।

विरोधका बीच सभामुखले ओलीलाई सम्बोधन गर्न दिएपछि राजपाका सांसद बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

ओलीलाई स्वागत गर्न सबै मन्त्रीहरु विमानस्थल जाने प्रदेश मुख्यमन्त्री लालबाबु राउतको आग्रहविपरित राजपा नेपालबाट प्रदेश नम्बर २ मा प्रतिनिधित्व गर्ने २ मन्त्री र तीन राज्यमन्त्री अनुपस्थित रहेका हुन् ।