रेसुंगामा गरिने धार्मिक महोत्सवमा दुई दर्जन बढी उपसमिति र संयोजक तोकियो
गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुंगा र भारतको अयोध्याधाम बीचको सम्बन्ध जोड्न धार्मिक महायज्ञको आयोजना गरिएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा यहि बैशाख २३ गते देखि ३१ गतेसम्म ‘श्रीराम कथा वाचन महामहोत्सव एवम् विराट सन्तभक्त दर्शन मेला’ आयोजना गरिएको हो ।
महामहोत्सवलाई भव्य रुपमा सफल बनाउन रेसुंगा संरक्षण समिति दैनिक रुपमा क्रियाशिल भइरहेको छ । सदरमुकाम तम्घासको शहिदचोक अगाडि महामहोत्सवको सम्पर्क कार्यालय सञ्चालन गरिएको छ । महामहोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न मूल आयोजक समिति सहित उपसमिति र संयोजक समेत तोकेको छ । ‘श्रीराम कथा वाचन महामहोत्सव एवम् विराट सन्तभक्त दर्शन मेला’ आयोजक समितिको संयोजकमा सुरेशचन्द्र भुसाल रहनुभएको छ ।
यज्ञ मूल व्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्रप्रसाद पाण्डे, आर्थिक उपसमिति संयोजक नेत्रबहादुर बस्नेत, प्रचारप्रसार उपसमिति संयोजकमा गोपाल पन्थी, पुजा व्यवस्थापन उपसमिति संयोजकमा विश्वनाथ पन्थी, खरिद उपसमिति संयोजकमा लिल बहादुर बस्नेत, भण्डार व्यवस्थापन उपसमिति संयोजकमा देवराज पाण्डे, आवास व्यवस्थापन उपसमिति संयोजकमा पुष्पकर पन्थी, सचिवालय समिति संयोजकमा गोपाल पन्थी, भोजन व्यवस्थापन उपसमिति संयोजकमा रामबहादुर थापा, प्रसाद व्यवस्थापन उपसमिति संयोजकमा रेमलाल पाण्डे, सरसफाइ उपसमितिमा गोविन्द गौतमलाई संयोजक तोकिएको हो ।
यस्तै कर्ता व्यवस्थापन उपसमिति संयोजकमा केशरबहादुर थापा, यातयात व्यवस्थापन उपसमिति संयोजकमा यज्ञप्रसाद शर्मा पन्थी, अतिथि सत्कार उपसमिति संयोजकमा सुरेशचन्द्र भुसाल, सुरक्षा समन्वय उपसमिति संयोजकमा रामचन्द्र पन्थी, कथा व्यवस्थापन उपसमिति संयोजकमा थम्मनबहादुर खड्का, दक्षिणा व्यवस्थापन उपसमिति संयोजकमा सुरेशचन्द्र भुसाल रहनुभएको संस्थाका सहसचिव यज्ञप्रसाद शर्मा पन्थीले जानकारी दिनुभयो ।
स्वास्थ्य उपसमिति संयोजकमा शेरबहादुर थापा, रेखदेख तथा सम्पर्क उपसमिति संयोजकमा मोतिप्रसाद खनाल, पूजा सामग्री व्यवस्थापन उपसमिति संयोजकमा शोभा मरासिनी, संचार उपसमिति संयोजकमा तारा भुसाल, कलश यात्रा उपसमितिमा विजयालक्ष्मी बस्नेतलाई संयोजक तोकिएको छ । आवश्यक देखिएमा थप उपसमितिहरु बनाइँदै जाने यज्ञ मूल व्यवस्थापन समितिले जनाएको छ । रेसुंगाको श्रीवृद्धिका लागि संरक्षकको रुपमा ब्रह्मचारी तदर्थानन्द ज्यू रहनुभएको पन्थीले जानकारी दिनुभयो ।
यस्तै रेसुंगा संरक्षण समितिको काठमाण्डौं सम्पर्क प्रतिनिधि जंगन्नाथ गौतमलाई चयन गरिएको छ । संस्थाका सल्लाहकारहरुमा शशि पन्थी, दीन पन्थी, विज्ञ ईन्जिनियर कृष्ण पन्थी, देवीराम पन्थी र श्रवणकुमार नेपालीलाई संस्थाको सल्लाहकारमा चयन गरेको रेसुंगा संरक्षण समितिका सहसचिव पन्थीले जानकारी दिनुभयो ।
महायज्ञ सञ्चालनका लागि आवश्यक तयार गर्नुपर्ने भौतिक संरचनाको निर्माणका लागि महायज्ञ सञ्चालन स्थलमा अवलोकन र व्यवस्थापनका मूल आयोजक समिति भोली बैशाख १ गते रेसुंगामा जाने समेत तयारी गरिएको पन्थीले जानकारी दिनुभयो । यो पुनित कार्यमा सम्पूर्ण हिन्दूधर्मालम्वीहरु आफ्नो सहभागीता जनाइदिनुहुन महायज्ञ सञ्चालन मूल आयोजक समितिले आग्रह गरेको छ । यस्ते अवसर जिवनमा ज्यादै कम भएकाले यो अवसरबाट सबैले धार्मिक, आध्यात्मिक लाभ लिन समेत अध्यक्ष सुरेशचन्द्र भुसालले अनुरोध गर्नुभएको छ ।