संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, अर्को वैठक अनिश्चित

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले बताएका छन् ।
अर्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्ति टु‌ंग्याइने बताइएपनि बैठक कहिले बस्ने टुंगो नलागेको तिम्सिनाले बताएका छन् ।
महाभियोगका कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि १४ महिनादेखि नेतृत्वविहीन छ अर्थात् कायममुकायम प्रधानन्यायाधीशको भरमा चलेको छ सर्वोच्च अदालत छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली, उपसभामुख इन्दिरा राना र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका थिए ।