‘सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढिरहेको छ’

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढिरहेको बताउनुभएको छ ।
राष्ट्रियसभाका बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सुशासनलाई आत्मसात् गरेर समृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढेको र यसमा जनताको साथ प्राप्त भएको बताउनुभयो ।
उहाँले सुशासनका लागि सरकारले गरेका कामबाट कुनै हालतमा बिश्राम नलिने स्पष्ट पार्नुभयो । धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले निर्दोष कुनै पनि हालतमा नफसुन, दोषी अपराधी नछुटुन भन्ने मान्यताअनुसार सुशासनको अभियान अगाडि बढेको धारणा राख्नुभयो । साधनस्रोतको सीमाका बीच गृह मन्त्रालयका कामलाई अगाडि बढाउन प्रयत्न गरिएको उहाँको भनाइ छ ।
श्रेष्ठले सरकार प्रहरी समायोजनको प्रक्रियालाई निष्कर्षमा पु¥याउन प्रतिवद्ध रहेको पनि बताउनुभयो ।