राष्ट्रियसभा: दुई विधेयक बहुमतले पारित
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित गरेको छ ।
बैठकले दुवै विधेयकमाथि दफावार छलफलपछि सुझाव विना बहुमतले पारित गरेर पुनः प्रतिनिधिसभामा फिर्ता पठाएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० दफावार छलफलका लागि आज सभामा प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक साउन १ गते सोमबार दिउसो १ बजेर १ मिनेटमा बस्नेछ ।