भ्रष्टाचारको अनुसन्धान गर्दा कसैको पनि अनुहार हेर्न जरुरी छैन : पौडेल
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भ्रष्टाचार छानबिन गर्न खोज्दा अवरोध नगर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पौडेलले भ्रष्टाचारका बिषयमा यसअघि दिउँसै रात पार्न खोजिएको तर अहिले अनुसन्धान अघि बढाउदा विरोधका स्वर सुनिन थालेको भन्दै भ्रष्टाचार छानबिन गर्दा टाउको दुखाउन जरुरी नरहेको बताउनुभएको हो ।
पौडेलले भ्रष्टाचारको अनुसन्धान गर्दा कसैको पनि अनुहार हेर्न जरुरी नभएको र सरकार अघि बढ्न सवैले साथ दिनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार प्रकरणलाई अघि बढाएकोमा सरकारलाई धन्यवाद समेत दिनुभयो ।
सरकारले गरेका राम्रा कामलाई समर्थन गर्न उहाँले आग्रह समेत गर्नुभयो ।