सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले सुन प्रकरण गम्भीर भएर छानविन गर्नुपर्ने र यसका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले मन्त्रीहरुको सेटिङमा नै क्वीन्टलका क्वीन्टल सुन तस्कर भएको आरोप लगाउनुभयो । भन्सारबाट निरन्तर रुपमा सुन तस्करी भइरहेको भन्दै उहाँले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले यसअघि सुन तस्करीमा कृष्ण बहादुर महराको नाम आउदा समेत छानविन अघि नवढाएको जिकिर गर्नुभयो ।
गिरीले सुन प्रकरणमा जरासम्म पुग्ने गरि अनुसन्धानको सुनिश्चितता नभए सदन चल्न नसक्ने चेतावी दिनुभयो ।