कांग्रेस लोकतन्त्र पक्ष र भ्रष्टाचार बिरुद्धमा बोल्ने नसक्ने अवस्थामा पुगेको ओलीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतन्त्र पक्ष र भ्रष्टाचार बिरुद्धमा बोल्ने नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेस पहिलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको र लोकतन्त्र पक्ष र भ्रष्टाचार बिरुद्धमा समेत बोल्न नसक्ने अवस्थामा पुगेको बताउनुभएको हो । उहाले अहिले माओवादीको ढाकर बोलेर कांग्रेस लुरुलुरु हिड्नुपरेको तर्क गर्नुभयो ।

त्यस्तै ओलीले यसअघि पार्टी एकीकरण गरेपनि थाक्रोजस्तो भएको बताउनुभयो । पार्टी एकता गरेपनि वास्तविक रुपमा एकता नभएको र तत्कालिन समयमा प्रचण्डले आफ्नो गुटको बैठक जारी राखेको उहाले बताउनुभयो । ओलीले पार्टी र सरकारमा व्यवधान भएपनि देश र जनताका लागि दृढतापूर्वक काम गरेको दावी गर्नुभयो । ओलीले एमालेसंग मुलुक बनाउने सहि बिचार भएकाले पुनः ठूलो पार्टीमा फर्कने दावी गर्नुभयो । उहाँले मौलिक राष्ट्रियधारको प्रतिनिधि एमाले भएकाले देशको अस्तीत्वका लािग पनि एमाले हार्न नमिल्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले बिभिन्न जनसंगठनहरु पुनर्गठन भएपनि सम्मेलन नभएको भन्दै सम्मेलन नहुने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।