राष्ट्रिय सभा बैठक भदौ ५ गतेका लागि सारियो

काठमाडौँ । भोली १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भदौ ५ गतेका लागि सारिएको छ ।
सुन तसकरी प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय छानविन समितिको माग गरेको छ भने सत्ता गठवन्धनले अहिलेकै संरचनाबाट प्रभावकारी रुपमा छानविन गर्ने भन्दै अर्को समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ । तर एमालेले समिति नबनेसम्म सदन गरिरहेको अवरोध जारी राख्ने अडान लिएपछि दुवै सदन अवरुद्ध हुँदै आएको छ ।
भोलिका लागि बोलाइएको राष्ट्रिय सभा वैठक पनि चल्ने सम्भावना नदेखिएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलको आग्रहमा राष्ट्रिय सभाको बैठक भदौ ५ गते १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।