काठमाडौंमा तीन करोड लिटर पानी वितरण सुरु

 

काठमाडौं- भदौ २ शनिबारदेखि दैनिक थप तीन करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको छ ।

सुन्दरीजलमा बनेको नयाँ प्रशोधन केन्द्रबाट वाग्मतीको पानी थपेर वितरण थालिएको हो ।

यसको शनिबार सभामुख कृष्णबहादुर महराले शुभारम्भ गरे ।

सुन्दरजलस्थित प्रशोधन केन्द्रमार्फत् थपिएको पानी महाँकालको संकलन केन्द्रमा ल्याएर वितरण थालिएको हो ।

वाग्मतीको पानीलाई नयाँ ‘ट्रिटमेन्ट प्लान्ट’मा शुद्धीकरण गरेपछि महाँकाल संकलन केन्द्रबाट पठाइएको हो ।

काठमाडौंमा पानीको माग बढ्दै गएकाले वाग्मतीको पानी वितरण लाइनमा थपिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

थपिएको तीन करोड लिटर पानीले सर्वसाधारणलाई केही राहत पुग्ने खानेपानीमन्त्री बीना मगरले बताइन् ।

केही महिनापछि मेलम्चीको १७ करोड लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा ल्याइनेछ र काठमाडौंमा वितरण गरिनेछ ।

मेलम्चीको पानी काठमाडौंमा ल्याउन सुरुङमार्ग ‘फिनिसिङ’को काम अघि बढेको छ भने ‘हेडवर्क्स’मा अस्थायी संरचना तयार गरेर पानी काठमाडौं ल्याउन काम भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

सभामुख महराले आगामी दसैंसम्म मेलम्चीको पानी ल्याउनेगरी तीव्रगतिमा काम गर्न निर्देशन दिए ।

मन्त्री मगरले मेलम्चीको पानी दसैंसम्म उपत्यकामा पानी ल्याइने दाबी गरिन्