प्रधानमन्त्रीद्वारा सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका छन् । बिहीबार प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसंग छलफल गर्दै सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका हुन ।
उनले उक्त पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडि एनिमेशनको अवलोकन पनि गरेका छन । प्रधानमन्त्री प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका छन् ।