थारु संघसंस्थाले गरेका काठमाडौंमा विद्रोह सभा

काठमाडौंं । कैलालीको टीकापुर घटनाको सम्झनामा थारु कल्याणकारीणी सभा, थरुहट थारुवान संयुक्त संघर्ष समिति लगाएतका संघसंस्थाहरुले काठमाडौंमा विद्रोह सभा गरेका छन् ।
२०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच कैलालीको टीकापुरमा भएको घटनालाई लिएर उनीहरुले टिकापुर विद्रोहसभा गरेका हुन् । विद्रोहसभामा सहभागीहरुले टीकापुर घटनाको झुटा मुद्दा फिर्ता गर्नुपर्ने, निर्दोष राजबन्दीहरुलाई रिहाई गर्नुपर्ने, देवीराम शर्मा र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संवैधानिक व्यवस्था अनुसार थारु कलष्टरसहितको संघीय निजामती सेवा विधेयक पारित गर्नुपर्ने लगाएतका माग राखेका थिए । टीकापुर घटनाको सम्झनामा थारुहरूले हरेक बर्ष भाद्र ५ गते विद्रोह दिवस मनाउँदै आएका छन् ।