गाउँपालिका कार्यालयभित्रै गरेको यौन क्रियाकलापको भिडिओ भाइरल
काठमाडौँ । इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (पुरुष) र लेखा अधिकृत (युवती) बीच कार्यकक्षमै भएको अनैतिक क्रियाकलापको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) ले कार्यकक्षमै अनैतिक यौन क्रियाकलाप गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
कार्यालयमै जडित सीसीटीभी क्यामेरामा उनीहरूले कार्यकक्षमै गरेको अनैतिक क्रियाकलापको भिडिओ कैद भएको हो ।
भिडिओ असार तेस्रो सातातिरकै भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत राई साउनको पहिलो साता सरुवा भएर कोशी प्रदेश मुख्यमन्त्री कार्यालय विराटनगर गइसकेको अध्यक्ष थेवेले बताएका छन् ।
उनीहरु बीचको अनैतिक क्रियाकलापको भिडिओ आफूले पनि सामाजिक सञ्जालमा हेरेको वताउँदै अध्यक्ष थेवेले प्रमुख प्रशासकीय अधिकृत राई विवाहित र कर्मचारी युवती अविवाहित रहेको बताएका छन् ।
दुई कर्मचारीबीच अफिसको कार्यकक्षमै भएको अनैतिक क्रियाकलापको भिडिओ सुरुमा रुटिन अफ इलाम बन्द फेसबुक पेजले सार्वजनिक गरेको थियो ।
उक्त फेसबुक पेजले फरक फरक समयमा फरक फरक भिडिओ तीन पटक पोष्ट गरेको थियो । उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र लेखा अधिकृत (महिला)ले कार्यालयमै हर्कत गरेको उल्लेख छ ।
सार्वजनिक भएको भिडिओमा प्रशासकीय अधिकृत राई पहिलेदेखि नै लेखा अधिकृत (महिला कर्मचारी)को कार्यकक्षमा बसिरहेका हुन्छन् । महिला कर्मचारी बाहिरबाट आफ्नो कार्यकक्षमा प्रवेश गर्दा राईसँग टासिँदै गएर आफ्नो कुर्सीमा बस्छिन् ।
त्यसपछि राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, गालामा सुम्सुम्याउने क्रियाकलाप गर्छन् । त्यसपछि दुबैले एकअर्कालाई चुम्बन गर्ने लगायतका गतिविधि गरेको भिडिओमा देख्न सकिन्छ ।
गाउँपालिका अध्यक्ष थेवेले नैतिक आचरणमा नरहने दुबै कर्मचारीलाई कारबाहीको लागि आफूले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने बताएका छन् ।