नेपाल गोजुरियो कराते संघको अध्यक्षमा कार्की र महासचिवमा चन्द निर्वाचित
काठमाडौं – नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभा शनिवार सम्पन्न भएको छ ।
प्रथम साधारणसभाले गणेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । एक वर्षअघि स्थापना भएको संघको पहिलो साधारण सभाले ३५ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
कार्की यसअघि पनि संघका अध्यक्ष थिए । उनको नेतृत्वका कार्यसमितिमा राम चन्द्र सुवेदी, बालकृष्ण असरपती र ऋषिकेश जंग शाह उपाध्यक्षमा सर्वसम्मत भएका छन् ।
यस्तै महासचिवमा प्रकाश चन्द सर्वसम्मत निर्वाचित भएका छन्, भने सचिवमा प्रकाश राई र उमाशंकर घिमिरे तथा कोषाध्यक्षको जिम्मेवारी नरेन्द्र वलीलाई दिइएको छ ।
आजै बसेको कार्यसमिति बैठकले मनोज घिमिरेलाई उपाध्यक्षमा, सचिवमा सुदनसिंह सिलवाल, रजनी थापा र विष्णु कँडेल तथा सदस्यहरुमा बहादुर सिंह ओड, अनुप अधिकारी, लाल बहादुर राना जगदिश कुईकेल, निरज कार्की, राम थापा, गौरी शंकर राई र चन्द्र राष्कोटीलाई कार्यसमितिमा मनोनित गरेको छ ।
कार्यसमितिले माननिय नारदमुनी राना, जय बहादुर चन्द, बटु लामिछाने, ललित कुमार अग्रवाल, टेकराज पौडेल र डोलनाथ खनाललाई सल्लाहकारमा मनोनित गरेको छ ।
४० जिल्लाका प्रतिनिधि तथा सदस्यहरुको उपस्थिती रहेको साधारण सभाको प्रतिनिधि सभा सांसद नारदमुनी रानाले उद्घाटन गरेका थिए ।
निर्वाचित सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत राष्टिय खेलकुद परिषद संघ संस्था प्रमुख डेमबहादुर बस्नेतले प्रमाण पत्र वितरणका साथै सपथ दिलाएका थिए ।