सिभिल इञ्जिनियरिङ सामुदायिक विद्यायलमा पनि पढाइ हुने

पाल्पा – पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र ९सिटिइभिटी० बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएपछि पाल्पाको पश्चिम भेगमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन हुन लागेको हो ।

सिभिल इञ्जिनियरिङ पढाइका लागि सदरमुकाम तानसेन लगायतका स्थानमा जानुपर्ने विद्यार्थीको बाध्यता थियो ।

यसै शैक्षिकसत्रदेखि पढाइ शुरु गर्ने तयारीमा विद्यालय जुटेको छ । निजी क्याम्पसमा अहिले निकै महँगो शुल्क तिरेर विद्यार्थी पढ्न बाध्य छन् । सामुदायिक विद्यालयमा सहुलियतमा पढ्न पाउने भएका छन् ।