ऊ र म (कथा)

केही डर हुन्न शिरु नडरा ।
तिमीलाई त नहोला तर मलाई त तिम्रो डर छ नि प्वाक्कै मुख फोरेर भन्न नसकेपनि ऊसका आखाँले सायद भनिरहेकी छ । चारैतर्फ हेर्छु पानी अझै बन्द भएको छैन । सल्लो एकोहोरो कुइकीरहेछ । कालो निष्पट अध्याँरो बध्दै गैरहेको छ । जाडो बढ्दो छ । गाडिको अगाडि ऊ र म छौं । गाडिको पछाडि सिटमा दुबैका झोला छन् । ऊ लुगलुग कामेकी छ । मसँग पनि कुनै कपडा छैनन् । ऊ गाडिको शिशा खोलेर बाहिर हेर्छे । गाडिको स्ट्रेङ समाएर म बसेको छु । निर्दोश बालक झै भएर ।

घरबाट बुटवल हिडेको बेला खैरनीमा ऊ भेटिएकी थिई । उसकी आमाले लगिदेउन बाबू भनेपछि सँगै जाने कुरा राखेपछि नर्कान सकिन । तानसेन पाल्पाबाट ओरालो लागेर झुम्सा पुग्दा सिद्धबाबाको पहिरो खसेको खवर ले म आत्तिएर बसेको थिए । उसलाई बटवल घर लगेर छोडिदिने भनेर हिडे को मैले झुम्साको झरना नेर गाडि रोकेर बसेको छु । करिव साझँ ७ बजेको छ तर पहिरो खुल्ने छाँट छैन । अगाडि बसेकी उसले रुन मात्र सकेकी छैन । उसको श्रीमानको फोन निरन्तर आइरहेको छ तर न ऊ जान सक्छे न ऊ आउन सक्छ ।

दाई काक्रो खाने त ? उसले सिमेन्टको पहेलो बोरा खोल्न खोज्छे । मैले पनि नबोलीकनै खाने चाहना ब्यक्त गर्दछु । उसको मन एकदम आत्तिएको छ । अनी हडवडाएकी छ । बाहिर ट्रक र बसका ड्राइभर/खलासीको हल्ला छ । भोक लागेको छ । म पनि छिटो उम्किन खोजेको छु तर भने अनुसार नहुँदा आत्तिएको छु ।

त्यहि बेलामा चेघा प्रकाशले फोन गर्यो भन्छ, कहाँ पुगियो ? झुम्सामा मै जाम परेर बसेको छु भन्दा पत्याउँदैन । बरु के के हो के के भन्छ । जिस्काउछ । के थाहा त्यसलाइ मनको पिडा । बाहिर दर्किएको पानी र भोकले आक्रान्त भएका हामी रुल्ल टुल्ल छौं । कतिबेला बाटो खुल्छ भन्ने आशमा कुरेका आँखा निरासामा परिणत हुन्छन् ।

दाई भोक लाग्न पो थाल्यो त ? के गर्ने होला ? उसले अनायासै सोध्छे । बाहिर कतै चाउचाउ बेच्ने समेत केहि छैनन् । पसल पनि नजिकै छैनन् । म पछाडि गएर बस्छु । पिसाब गर्न जाने भनेर बाहिर निस्किएकी ऊ आएर सरासर पछि बस्छे । अघि बस्दा डर लाग्यो म केहि बोल्दिन । ऊ टाउको बाहिर निकाल्दै बसिराख्छे वाहिर टाउको ननिकाल चिसो हुन्छ भनेपछि ऊ शिशा लगाउछे ।

अनी उसका अनायसै लम्केका हात हरुले मेरो काँध भेटाउँछन् । म अवाक् हुन्छु । उसको बाहिरै सुनिने गरि आएको मुतुको धड्कन र आखाका आँसु देख्दा भावुक हुन्छु म । डरायौं र ? मेरो बोलिले ऊ झस्किन्छे । हतपत आफुलाई सम्हाल्छे । हैन दाइ कस्तो अप्ठ्यारो लाग्यो तेइ भएर । भोक लागेको छ । मैले फेरी सोध्छु । उसले टाउको हल्लाएर नलागेको बताउछे तर उसका आँखा र ब्यवहार एकसाता भोकाएको जस्तो देखिन्छ । अनायसै गाडिको ढोका खोलेर बाहिर निस्कन्छु र सूर्य चुरोट हातमा सल्काएर उसलाई हेर्छु एकटकले उसले मलाइ हेरिरहेकी छ ।

चुरोट तान्छ्यौ ? ज्यान गरम बनाउँछ । चुरोट उतिर लम्काउँदै मैले भन्छु । जिन्दगीमा चुरोट त के सुपारी समेत नखाएकी उसले मलाई आत्तिएको भावले हेर्छे । हावाको झोकासँगै आएको हुरीले मलाई गाडिभित्र जान वाध्य पारेपछि मेरो हातको चुरोट सुइँसुइँ तान्छे । घाँटीमा गएर धुँवा रोकिन्छ । खोकि लाग्छ । खोकेपछि साँच्चै ऊ मदमत्त बन्न थाल्छे । उसले भन्छे दादा यो कुरा कसैलाई नभन्नु है यतिवेला घरमा भए मकै र भट्मास भुट्दै झ्याल ढोका बन्द गर्दै हिटर बाली सिरकमा श्रीमानसँग गुगुटुमुटिएकी हुन्थे यतिभन्दै मुसुक्क मुसकुराउछे ।

मनको अनी तनको जाडोले बाहिरी शरीर मात्र नभइ मन मुटु कपाउन थालेको छ । एकाध घण्टा होइन बल्ला त १० बजेको छ भोली बिहान ६ बजेसम्म कसरी बस्ने । यो जाडोले त भोली बिहानसम्म पनि बाँचिन्न सहनशील हुन खोजे पनि निराशाले छोप्दै आउँछ । बाँचे इच्छा झन् तिब्र भएर आउँछ ।

अन्तरमनको कुनामा एउटा झिनो आश जागेर आउँछ एउटा बिचार सल्वलाउँछ तर त्यो बिचार एवम् आशा सम्झेर पनि अपराधबोध हुन्छ । मनमा लाग्छ ज्यान छ त सबै छ । जीवन बाँन सकिन्न । लाग्छ मनमा, जीवन ठूलो कुरा हो ।

दादा किन टोलाएको ?

ज्यान त्यसै थरथरी काँपेजस्तो हुन्छ । शब्द मुखमा आउँदैन । मनको खुशीको र परिस्थिति सहज बनाउन लागि जे पनि गर्नुपर्छ । कतै उसले पनि मनमा त्यस्तै भाव उब्जाएकी पो छ कि ? मैले भन्नु भन्दै पहिले उसैले आँट गर्छे कि त ? तर होइन ऊ मेरो विश्वासमा आएकी छ । विश्वास गर्नेलाई कहिल्यै घात गर्नु हुँदैन ।

यो त झन् झन् बढ्दै छ यस्तै हो भने त भोली बिहान देख्न पाइन्न होला है दाई ? तर मैले झिनो उपाए सोचेकी छु । सम्भवतः हामी उपाय लगाए बाँच्न सक्छौं ? हुन्न दाई । उसले मलाई खुसी मुद्रासाथ हेर्छे ।

दाई सँगै बसौ सबै भुलौ । सँगै सुत्दा शरीरको तातोले न्यानो दिन्छ। यहि शारिरिक तातोमै बाँच्ने प्रयास गरौं । बाचिएछ भने सँगै बाँचौ मरे पनि सँगै । ऊ एकोहोरो बोल्छे ।

त्यही गाडीको पछिल्लो सीटलाई डसना मान्दै हामी सँगै सुत्छौं । मैले उसलाई च्याप्प अंगालोमा कस्छु तर ऊ भने असहज भएकी छे । बिस्तारै ऊ सहज हुन्छे । एक अर्काको शरीरको स्पर्शले तापमय भएर पसिना बग्न थाल्छ । त्यही तापले न्यानोको आभास दिन्छ । त्यसपछि ऊ निरन्तर कालीगण्डकी झैँ निरन्तर सुसाइरहन्छे । म भने अविरल झरनाझैँ छङछङी बगिरहन्छु । त्यसपछि न मनमा डर ,न जाडो, न मृत्यु न भय, न समाज न आदर्श न सतीत्वका कुरा । तनतापमा म डुबिरहन्छु । त्यो रात,त्यो जाडो सबैमाथि विजय प्राप्त गरी रात ढल्किन लाग्छ । बिहान जुनकिरी कराउँछन् । तन तनस्य अग्नि भनेझैँ त्यो रापको आनन्द लिइरहन्छु ।

“सिद्धबाबामा जाममा परियो ” फेसबुकमा रातो गाडीको अघि सपरिवार उभिएर उसले फोटो हालेको देख्दा म झसङ्ग हुन्छु । उफ् कस्तो गर्मी । सारा शरीरभर पसिना आइरहेका छन् । म त विगतका जीवनको परिदृश्यमा हराएको रहेछु ।