ज्ञवाली गुठीको साधारणसभा सम्पन्न

काठमाडौं – ज्ञवाली गुठीको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

विभिन्न जिल्लाबाट आएर काठमाडौंमा बस्दै आएका ज्ञवाली वंशका व्यक्तिहरूको सहभागितामा साधारणसभा गरिएको हो।

साधारणसभामा कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सबैले आफ्नो वंशको हित र संरक्षणमा लाग्नुपर्ने बताए।

‘वंश, समाज र मानव जातिको जरा हो, यसलाई जोगाएर राष्ट्रहितमा सबैले काम गर्नुपर्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘वंशावली जोगाएर सबैले आफ्नो पहिचान खोज्न जरुरी देखिन्छ।’

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गुठीका निवर्तमान अध्यक्ष हेमराज ज्ञवालीले विभिन्न क्षेत्रमा ज्ञवाली वंशले योगदान पु(याउँदै आएको बता । उनले आफ्नो वंश जोगाएर समाजलाई योगदान दिनु सबै वंशजको दायित्व भएको धारणा राखे। ‘वंश एक चिनारी हो, हामीले आफ्नो वंशलाई मेटिन दिनुहुन्न,’ उनले भने, ‘आआफ्नो क्षेत्रबाट सबैले समाज विकासमा सघाउनुपर्छ।’

कार्यक्रममा पूर्वसचिव कृष्ण ज्ञवालीले ज्ञवाली वंशका बारेमा चर्चा गरेका थिए। साधारणसभाकै अवसर पारेर ज्ञवाली समुदायको विवरणसहितको ‘ज्ञवाली वंशावली २०७५’ पुस्तक पनि लोकार्पण गरिएको छ।