नेपालगञ्जमा सामाजिक सद्भाव कायम गर्न सांसद राणाको अपिल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जवराले नेपालगञ्जमा सामाजिक सद्भाव कायम गर्न अपिल गर्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै जवराले बाँकेको नेपालगञ्जमा कर्फ्यू लगाउनुपर्ने अवस्था आएको भन्दै त्यस्ता घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । उहाँले नेपालगञ्जमा दुई समुदायबीच हिंसा फैलाउन कुराको जड मोवाइल भएको भन्दै यसमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हिंसा फैलाउन खोज्नेमाथि कारवाही गर्न माग गर्नुभयो ।
उहाँले नेपालगञ्जलाई सद्भावको सहर बनाउन लागिपरेकाले शान्तिसुरक्षा र सदभाव कायम राख्न संयम भएर लाग्न अनुरोध गर्नुभयो ।