सेनामा राजनीतिक चलखेल स्वीकार्य छैनः नेता कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल हुन खोजेको भन्दै आपत्ति जनाएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तत्कालीन माओवादी लडाकु नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको म्याद थप गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् ।
उनले पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने समेत बताएका छन् ।
सरकारले गत भदौ ३१ बाट अनिवार्य अवकाश पाएका अधिकारीलाई विशेष पद सिर्जना गरेर तीन वर्ष म्याद थप गरेकोप्रति कोइरालाको प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।