न्यायालयको सुधारमा निरन्तर लागिरहेको छु : प्रधानन्यायधीश
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयको सुधारमा निरन्तर लागिरहेको बताउनुभएको छ ।
आइतबार ललितपुरमा उच्च अदालत पाटनको नवनिर्मित भवनको उदघाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउनका लागि न्यायालयको सुधारमा निरन्तर लागिरहेको बताउनुभएको हो । उहाँले न्यायालयप्रतिको आस्था वृद्धि गर्न न्याय सेवा प्रवाह छिटोछरितो हुनुपर्ने र भौतिक सुविधाका साथै न्यायालयमा सेवाग्राहीको सहज पहुँच हुनुपर्ने धारणा राख्नुभयो ।
उहाले दुई वर्ष पुराना मुद्दा किनारा लगाउने उद्देश्यले अभियानकै रुपमा काम गरिरहेको पनि बताउनुभयो । रिक्त भएका तीनवटै तहका न्यायालयमा न्यायाधीश नियुक्ति प्रक्रिया प्रारम्भ भएको उहाँको भनाइ छ ।
रु ५८ करोडको लागतमा बनेको भवनमा १२ वटा इजलास कक्षको व्यवस्था गरिएका उच्च अदालत पाटनले जनाएको छ ।