भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुराउन सरकार असफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुराउन सरकार असफल भएको बताउनुभएको छ ।
रास्वपा काठमाडौं क्षेत्र नंवर २ ले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा लामिछानेले सरकारले भ्रष्टाचारको फाइल खोल्न आँट गरेपनि निष्कर्षमा भने पुराउन नसकेको बताउनुभएको हो । भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि पहिलो देखि दोश्रो पन्ना पल्टाउन नसकेको उहाले बताउनुभयो ।
सभापति लामिछानेले आगामी निर्वाचनपछि भ्रष्टाचारको फाइलको धुलो टक्टक्याएर पहिलो पन्नादेखि नै अनुसन्धान गर्ने र कसैको मुख नहेरि कारवाही गर्ने जिकिर गर्नुभयो । उहाले कोशी प्रदेशमा महागठबन्धन बनेसंगै अव सैद्धान्तीक रुपमा मात्रै नभइ व्यवहारिक रुपमा नै रास्वपा देशको एक मात्रै प्रतिपक्षी दल भएको बताउनुभयो । त्यस्तै लामिछानेले रास्वपालाई विदेशीको इशारामा चलेको भन्ने आरोप पुष्टि गर्न चूनौति दिनुभयो ।
नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएको रास्वपाले कसैको जुठोपिरो नखाने उहाले बताउनुभयो । त्यस्तै उहालेनेपाली जनताको हित र मुद्धामा रास्वपाले कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।