अपडेटः भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुग्यो, घाइते १७० जना
काठमाडौं । भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।
शुक्रबार राती जाजरकोटलाई केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म ज्यान गुमाउनेको संख्या १५७ जना पुगेको छ भने १७० जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।
त्यस्तै रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन भने ७८ जना घाइते भएका छन ।
घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्र बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
यसैवीच भुकम्पमा परी धनजनको क्षति भए पछि त्यसमा आवाश्यक निर्णय लिनका लागि आज विहान ८ बजेका लागि मन्त्रिरीपरिषदको बैठक बोलाईएको बताइएको छ ।