आइसीसी टि-२० : नेपाल र ओमानबीच प्रतिस्पर्धा हुदैँ, टिकट बिक्रिको ५०% रकम भुकम्प पीडितलाई
काठमाडौं । नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँछ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो ।
त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ ।
छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् ।
नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।
यसैवीच नेपाल क्रिकेट संघले आज हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भुकम्प पीडितलाई दिने भएको छ ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भुकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ ।
‘आइसिसी टि २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमान बिच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं’ क्यानले भनेको छ ।
क्यानले मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।