धुर्कोटवासी काकाकुल थिए, अहिले घर–घरमा धारा

गुल्मी । यस जिल्लामा साविकको खज्र्याङ्ग गाविस पछि सदियौं देखि पानी नभएको सुख्खा डाँडो दोश्रो गाउँ धुर्कोट । कतै खानेपानीको हाहाकार भए भन्ने गरिन्थ्यो खज्र्याङ्ग र धुर्कोट जस्तै काकाकुलमा परिने त होईन ? अहिले त्यही खज्र्याङ्ग र धुर्कोटका वासीन्दाहरु लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाहरुले तल मुहानको पानी माथी सुख्खा डाँडामा खसाई दिए पछि घर घरमा धाराको पानी सुविधा प्राप्त गर्दै जान थालेका छन् ।
स्थानिय निर्वाचनमा एक घर एक धारा पु¥याउने चुनावी नारा पुरा गर्न धुर्कोट गाउँपालिकाले गत वर्षदेखि नै सो अभियानलाई मुर्त रुप दिन थाल्यो । फलस्वरुप धुर्कोट रजस्थल–७ वाग्लामा गत वर्ष माछेव्याड लिफ्ट सिस्टम खानेपानी योजना सम्पन्न भएपछि अहिले त्यहाँका ति सुख्खा डाँडावासीको घर घरमा धारा पुगेको छ ।
नेपाल सरकार, फिनल्याण्ड सरकार र गाउँपालिकाको सहयोगमा संचालन भएका खानेपानी तथा सरसफाई योजनाहरु मध्ये यो योजना पनि एक हो । त्यस गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता ईकाई (वास ) का संयोजक छविलाल बिश्वकर्माका अनुसार त्यस योजनाबाट त्यहाँका १ सय २४ परिवारको घर घरमा धारा पुगेको छ ।
त्यस्तै वडा नम्वर–३ को अर्को सुख्खा डाँडो हाडहाडेमा पनि लिफ्ट सिस्टम खानेपानी योजनाको काम तिव्रगतिमा भई रहेको छ । त्यस घोष बर्दवास खानेपानी तथा सरसफाई योजनाबाट यसै वर्ष १ सय ३३ घरधुरीलाई खानेपानी पु¥याउने लक्ष्य लिईएको छ ।
ति दुई वटै योजनामा नेपाल सरकारबाट ५२ लाख, फिन्ल्याण्ड सरकारबाट २५ लाख ९३ हजार, धुर्कोट गाउँपालिकाबाट ३० लाख ८५ हजार ६ सय ४४ र जनश्रमदान सहित १ करोड १० लाख गत वर्ष छुट्टाईएको त्यस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले जानकारी दिए ।
उनका अनुसार यस चालु आर्थिक वर्षमा पनि थप खानेपानी योजनाका लागि १ करोड १० लाख ४३ हजार विनियोजन गरिएको छ । वास संयोजक बिश्वकर्माका अनुसार गत वर्ष धुर्कोटका कुल २ सय ५७ घरधुरीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने काम सम्पन्न गरिएको छ ।
गाउँपालिकामा १ संस्थागत शौचालयको निर्माण कार्य सम्पन्न भई प्रयोग भइ रहेको छ । गाउँपालिकाको सहयोगमा ७ वटा वडाहरुमा गरी फोहर मलाई लेखिएका १ सय ८० थान वाल्टीहरु वितरण गरिएको छ ।
सरसफाईका लागि विद्यालय स्तरको अभिमुखिकरण, चरणवद्ध तालिमहरु, टोल अभिमुखिकरण, वडा स्तरका तालिमहरु सम्पन्न भएका छन् । साथै पूर्ण सरसफाईका सूचकहरु पुरा गरेका ७ सय ९८ घरधुरीहरुमा हरियो स्टीकर टाँस गर्ने कार्य पनि सम्पन्न भएको छ ।
खुल्ला दिसामुक्त घोषणा भएर पनि केही घरधुरीमा शौचालय निर्माण गर्न बाँकी रहेको अवस्था देखिएकोमा शौचालय निर्माण पनि गरिएको छ । सरसफाईका थप क्रियाकलापहरु समुदायमा संचालन गर्न अझै आवश्यक देखिएको संयोजक बिश्वकर्मा बताउँछन् ।
गाउँपालिका उपप्रमुख शिवबहादुर खत्री भन्छन्–‘तल मुहान माथी बस्ती भए पछि आफुहरु डेढ देखि दुई घण्टाको उकालो ओरालो गर्दै पानी पिउन बाध्य थियौं, पहिलो समस्या खानेपानीको समाधान हामीले जिते पछि गर्छौ भनेर भोट माग्ने बेला जनता संग भनेका थियौं जुन पुरा गर्नमा आफुहरु लागि परेका छौं ।
गाउँपालिका प्रमुख भुपाल पोखरेल भन्छन् –‘सरसफाईले मानिसलाई स्वस्थ राख्छ । त्यसका लागि हामीले सरसफाई कार्यक्रम र जनचेतनालाई पनि महत्वपुर्ण कार्यहरु मध्ये एक ठानेर अगाडी बढेका छौं, मदिरा नियन्त्रणको अभियानले गत वर्ष वस्तु प्रहरीको तत्थ्याङक हेर्दा ६० प्रतिशत झैझगडाका उजुरी कम भएको पायौं ।
धुर्कोट उपस्वास्थ्य केन्द्रमा आधुनिक प्रविधिहरु भित्र्याएर जनतालाई जिल्ला अस्पतालमा दिने सेवा यहि बाटै दिन सफल भएका छौं । सुरक्षित मातृत्व र प्रसूति सेवा उपलब्ध गराइएको छ । एक घर एक धारा अभियान आफुहरुले बोलेको पाँच वर्ष भित्र पुरा गरेरै देखाउने छौंं ।’