दलहरुको कामको मूल्याङ्कन गर्दै सहि वा गलत भन्न सक्नुपर्ने

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलहरुको कामको मूल्याङ्कन गर्दै सहि वा गलत भन्न सक्नुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा बालक्लवका पूर्व सदस्यहरुको दोश्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै तिमिल्सिनाले निर्वाचनमा समयमा दलहरुले सार्वजनिक गरेको घोषणापत्रका आधारमा काम गरे नगरेको मूल्याङ्कन गर्दै सहि वा गलत भन्न सक्नुपर्ने बताउनुभएको हो ।

उहाँले दलहरु गरेको गरेका प्रतिवद्धताको कार्यान्वयनका आधारमा आम निर्वाचनमा दलहरुलाई मत दिन सक्नुपर्ने जिकिर गर्नुभयो । युवाहरु देशको मियो भएकाले मुलुकलाई ठिक ढंगले लानका लागि आवश्यक भूमिका निर्वाचन गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले नेपालका युवाहरुलाई नेपालमा गुणस्तरीय शिक्षाका साथै रोजगारको व्यवस्थाका लागि पनि राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमा आएका कुराहरुको बिश्लेषण गर्दै धारणा बनाउन उचित हुने उहाँको भनाइ छ ।