गुल्मीदरबार गाउँपालिकामा निशुल्क उपचार
गुल्मी । गुल्मीदरबार गाउँपालिकाले मधुमेह उच्चरक्तचाप र दमका बिरामीहरुलाई निःशुल्क स्वास्थ उपचार शुरु गरेको छ । “स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार, जनजनमा स्वास्थ्यको पहुँच हाम्रो अभियान” नारा सहित गुल्मीदरबार गाउँपालिका स्वास्थ शाखाको आयोजनामा सुरु गरिएको कार्यक्रम गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाको मधुमेह जाँच गरि शुभारम्भ गरिएको थियो ।
हाम्रा स्थानीय प्रतिनिधि नवीन कार्कीका अनुसार उक्त कार्यक्रमको सहजीकरण गुल्मीदरबार गाउँपालिकाका स्वास्थ बिभाग प्रमुख नारायण अर्यालले गर्नु भएको थियो । सो कार्यक्रममा गाउँपालिका भित्रका सात वटै बडाका अ.हे.ब.हरुको उपस्थिति थियोे भने सबै बडाका अ.हे.ब.लाई मधुमेह जाँच्ने उपकरण र औषधि हस्तान्तरण गरिएको थियोे ।
उक्त कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख तथा सो कार्याक्रमका सभापति अशोक कुमार थापाले आर्थिक अभावमा बिरामीले अब सास्ती खेप्न नपर्ने बताउनु भयो ।