सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको पाण्डेको गुनासो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले सरकारले जनताको भावना अनुसार अझैपनि काम गर्न नसकेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले मंगलबार भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा नेता पाण्डेले वर्तमान सरकार गठन भएको ११ महिना हुँदा पनि जनताको भावना अनुसार अझैपनि काम गर्न नसकेको बताउनुभएको हो ।

विगत ११ महिनामा गठबन्धन सरकारले मुलुकको विकासका लागि नीतिगत काम गरेको भएतापनि सरकारले आगामी दिनमा फड्को मार्ने काम गर्नुपर्ने उहाले बताउनुभयो । उहाले संविधानमा ल्याइएको अधिकारहरुलाई कार्यान्वयन गर्दै मुलुकलाई समृद्ध मुलुक बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाले संघीय लोकतान्त्रिक गणन्तन्त्रको कुनै विकल्प नभएको र दुर्गा प्रसाईं जस्ताको स्यालको हुइँया अबका केही दिनमा समाप्त भएर जाने दावी गर्नुभयो ।