खाँणले बुझाए ३० लाख धरौटी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले अदालतमा धरौटी बुझाएका छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालत पुगेर खाँणले ३० लाख धरौटी बुझाएका हुन । यसअघि बिहीबार खाँणलाई उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

काठमाडौं अदालतमा धरौटी बुझाएलगतै खाँणलाई अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको छ । त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उपस्थीत गराइने बताइएको छ ।