उच्च अदालतका इजलासहरुमा स्वचालित पेशी
काठमाडौं । देशभरका उच्च अदालत तथा उच्च अदालतका इजलासहरुमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ ।
आइतबार ललितपुरस्थीत पाटन उच्च अदालतमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नुभएको हो । स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरुभएसंगै कर्मचारीले गोलाप्रथाबाट तारेख तोक्ने विद्यमान प्रणालीको अन्त्य भएको छ ।
अव मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुने प्रधानन्यायाधीश श्रेष्ठले बताउनुभयो । नयाँ प्रणालीले न्यायिक प्रशासनिक कामकाबारहीमा सरलता दिने उहाँले बताउनुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले अब जिल्ला अदालतहरुमा पनि स्वचालित पेशी तारेख व्यवस्थापन गर्नका लागि अध्ययन सुरु गर्ने धारणा राख्नुभयो । त्यस्तै उहाँले सर्वोच्चमा अनलाइन रजिस्ट्रेसन प्रणालीको समेत अध्ययन भइरहेको जानकारी दिनुभयो ।
सर्वोच्च अदालतमा भने यसअघि नै स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली लागू भइसकेको छ ।