मुलुकमा अव इतिहास फर्कन सक्दैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा अव इतिहास फर्कन नसक्ने बताउनुभएको छ ।

कांग्रेसका संस्थापक नेता स्व. कृष्णप्रसाद भट्टराईकोे जन्म दिवसका अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले अहिले व्यवस्थामाथि प्रश्न आइरहेको र यसलाई कमजोर बनाउने प्रयत्न भएपनि इतिहास फर्कन नसक्ने बताउनुभएको हो ।

गणतन्त्रात्मक लोकतन्त्रको माध्यमबाट मुलुकलाई अघि बढाउनुपर्ने उहाले बताउनुभयो । त्यस्तै सभापति देउवाले स्वर्गीय नेता भट्टराईले मुलुकको परिवर्तनमा गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो । अहिलेको परिवेशमा स्व. कृष्णप्रसाद भट्टराईकोे योगदानको खोजिनीति हुनुपर्ने र पार्टी पनि किताव बनाएर सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कांग्रेसका अन्य नेताहरुले अग्रज नेताहरुले देखाएको बाटोलाई पछ्याउदै बलियो प्रजातान्त्रीक पार्टीका रुपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।