राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई नसमेट्ने
काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेलाई नसमेट्ने निर्णय गरेको छ।
आज बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेको हो । गठबन्धनबीच भागबण्डा टुंग्याउन आजै फेरि बैठक बस्नेछ ।
यसअघि प्रधानमन्त्री प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेट्ने गरी जानुपर्ने प्रस्ताव राखेका थिए ।
शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले राष्ट्रियसभा चुनाव हुने १९ सिटमा आफ्नो दलले पाउनुपर्ने सिट संख्या दाबी गरेका हुन् ।
बैठकमा सहभागी स्रोतका अनुसार कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४–४ सिटमा दाबी गरेका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।