पूर्वराजा ज्ञानेन्द्र आमाको जन्मदिन मनाउन जुटे
काठमाडौं–आज सोमबारबाट ९० वर्ष पूराभई ९१औ वर्षमा पाईला चालेकी पूर्ववडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९१औ जन्मोत्सव भव्य हुने भएको छ । दरबार हत्याकाण्ड भएको १७ वर्षपछि भब्य रुपमा मनाउन लागिएको जन्मोत्सव यो पहिलोपटक हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आमाको ९१औ जन्मजयन्ती भब्य रुपमा मनाउने तयारी गरेका हुन् । करिब दुई साता लामो थाइल्याण्ड बसाइपछि उनि भदौ १ गते नेपाल फर्किएका ज्ञानेन्द्रले आमा रत्न राज्यलक्ष्मी शाह ९० वर्ष पूरा गरेको उपलक्ष्यमा उनको जन्मदिनलाई भब्य रुपमा मनाउन लागेका हुन् ।
जन्मोत्सवमा पूर्वराजाका इष्टमित्र सबै सहभागी हुनेछन् । साझ ५ बजेदेखि आयोजना हुने कार्यक्रममा करिब ४ सयको हाराहारीमा इष्टमित्र उपस्थित हुने निर्मल निवासले जनाएको छ ।