अवैध पाँच लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक पक्राउ

राजविराज । प्रहरीले सप्तरीबाट स्रोत नखुलेको पाँच लाखभन्दा बढी भारतीय रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो राजगढ गाउँपालिका–२ झौरा चोकबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित भारत विहार राज्यको मधुबनी जिल्लास्थित भरफोरी ग्राम पञ्चायत सुब्बा टोल–३ का २५ वर्षीय संजयकुमार यादव पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिआर ५० बी १५४२ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा पक्राउ परेका यादवको साथबाट श्रोत नखुलेको ५ लाख २९ हजार ९७० भारतीय रुपैयाँ बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।