गुल्मीमा सीडीओको जिम्मेवारी उपसचिव शर्मालाई
काठमाडौं । गृह मन्त्रालयले गुल्मीमा प्रमुख जिल्ला अधिकारी -सीडीओ_ को जिम्मेवारी उपसचिव कृष्ण शर्मालाई दिइएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै बिहीबार शर्मालाई गुल्मीको सिडिओमा पठाउने निर्णय गरेको हो ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी सहसचिव टेकबहादुर केसी बिहीबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको प्रमुख जिल्ला अधिकारी पदमा शर्मालाई पठाउने निर्णय भएको हो ।
गुल्मीमा सहसचिव तहको कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने गरिएको भए पनि यस पटक भने उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।