संसदमा कांग्रेस सांसदले प्रधानमन्त्रीलाई कर प्रसाद ओली भनेपछि…
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले संसद बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर प्रसाद ओली भन्दै नाम काढेपछि बैठक कक्षमा हाँसो फैलीएको छ ।
केन्द्र, प्रदेश र स्थानीय सरकारले जताततै करै कर उठाएर जनतालाई सास्ती दिएको भन्दै सरकारको आलोचना गर्न उत्रिएका अमरेश सिंहले प्रधानमन्त्रीको नामै फेरिएको प्रशंग जोडेका हुन् ।
‘सामाजिक संजालमा प्रधानमन्त्रीको नाम खड्गप्रसाद ओली है, कर प्रसाद ओली भन्दै व्यापक चर्चा भैरहेछ,’ अमरेशले प्रश्न गरे– ‘हामीले कर प्रसाद ओली भनुँ की खड्गप्रसाद ?’